दफा २३
शव परीक्षण गर्न लाग्ने खर्च दिनु पर्ने
(१) संहिताको दफा २० को उपदफा (३) बमोजिम शव परीक्षणको लागि शव पठाउँदा सम्बन्धित प्रहरी कर्मचारी वा प्रहरी कार्यालयले शवको शरीरिक अवस्था, घटनास्थलदेखि शव परीक्षण गरिने स्थानको दुरी आदिको विचार गरी शव बोक्न लाग्ने मनासिब माफिकको रकम र शव परीक्षण वापत कुनै दस्तुर लाग्ने रहेछ भने सो रकम समेत त्यस्तो शव लिई जाने प्रहरी कर्मचारीलाइ पेश्की स्वरुप दिइ पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको रकम प्रहरी कर्मचारीले खटी जाने कर्मचारी वा आफैले खर्च गरेको रहेछ भने त्यस्तो खर्च भएको रकम सम्बन्धित प्रहरी कार्यालयबाट निजले सोधभर्ना पाउनेछ।